President's Message
Dear Visitors,
फ्लोरीकल्चर सहकारी संस्था नेपालमा पुष्प ब्यवसायमा लागेका ब्यवसायिहरुको ब्यवसायिक क्षेत्रमा क्षमता बिकास, आर्थिक पहुँंचमा अभिबृद्धि र ब्यवसाय संञ्चालनको क्रममा आईपर्ने बिबिध समस्याहरुलाई सामुहिक र संस्थागत रुपमा समाधान गरि अग्रणीरुपमा ब्यवसायको बिकासका लागी ब्यवसायिहरु मिलेर नेपाल सरकारको सहकारी ऐन २०४८ बमोजीम संञ्चालन हुनेगरि गठन भएको सहकारी संस्था हो ।
नेपालमा छरिएर रहेका साना तथा मझौला पष्प उधमीहरुलाई समेट्दै प्रविधिको उच्चतम प्रयोगगरिे उत्पादन क्षमतामा बिकास, बजारीकरणमा सहजीकरण साथै बचत संकलन तथा लगानीको बाताबरण श्रृजना गरि आर्थिक समस्याहरुको समाधान गर्न सहकारीले मुख्य भमिका खेल्दछ ।
हालका दिन यस संस्थाले रोकिएको बचत तथा लगानीको क्षेत्रलाई पुर्नरजागृत गर्दै लगानीका अबसरको खोजी गर्दै जाने र सदस्यहरुबाट उत्पादित तयारी पुष्प तथा पुष्पजन्य बस्तु तथा सेवाहरुको सहज बजारीकरण गर्ने र यसको साथसाथै उत्पादक तथा बितरक सदस्यहरुको ब्यवसायिक बिकासका लागी आवश्यक कच्चा पदार्थको रुपमा रहेका वीउबिजन, बिरुवा मलखाद, किट तथा रोगनासक रसायनहरुका साथसाथै प्याकेजीङका सामाग्रीहरु उपलब्ध गराईदै आईरहेको छ ।
यसैगरि सरकारी, गैरसरकारी राष्ट्रि«य तथा अन्तराष्ट्रि«यस्तरका यस सहकारीसंग बिषय केन्द्रित संस्थाहरुसंग आपसमा सहकार्यगरि संस्था तथा संस्थाका सदस्यहरुको बिबिध क्षेत्रमा क्षमता बिकासमा टेवा पुर्र्याउन आवश्यक पहल तथा नेतृत्वदायी भूमिका खेल्दछ । त्यसर्थ फुटेर होईन जुटेर, एकलै होईन सामुहिकतामा अंगाडि बढ्नु आजको आवश्यक रहेको छ र सहकारी सदैव यस कुरामा साथमा रहि काम गर्न ईच्छुक रहेको र सबै पुष्प उधमीहरुलाई आब्हान गर्दछ ।
Floriculture Cooperative Organization is a cooperative organization formed to develop the capacity of businessmen engaged in flower business in Nepal, increase economic access and solve various problems encountered during business operations in a collective and institutional manner.
The co-operative plays a major role in solving economic problems by encompassing small and medium-sized flower entrepreneurs scattered in Nepal, developing production capacity using the highest technology, facilitating marketing as well as saving savings and creating a basis for investment.
In recent days, this organization is reviving the stopped savings and investment sector, searching for investment opportunities and making easy marketing of ready flowers and floral goods and services produced by the members, and along with this, the raw materials necessary for the business development of the producers and distributors are being provided along with the packaging materials along with the seeds, fertilizers, kits and pathogenic chemicals.
At the same time, with this cooperative of governmental, non-governmental, national and international level, it plays a necessary initiative and leadership role to support the capacity development of the organization and members of the organization in various fields by cooperating with each other with the subject-oriented organizations. Therefore, it is necessary today to grow together, not alone, but collectively, and the cooperative is always willing to work together in this matter and urges all flower entrepreneurs.
Warm regards,
Raju Shahi
Acting President
Floriculture Co-operative Limited