About Us
Floriculture Cooperative Society is an organization established under the Cooperative Act 2048 of the Government of Nepal to enhance the members through cooperatives to increase the income and employment by improving the business skills, abilities and experiences of the entrepreneurs engaged in various fields of flower business.
फ्लोरिकल्चर सहकारी संंस्था पुष्प ब्यवसायको बिबिध क्षेत्रहरुमा लागेका उधमीहरुको ब्यवसायिक सीप, क्षमता र अनभवहरुलाई समयानुकुल परिष्किृत गर्दै आयआर्जन रोजगारी बृद्धि गराउन सहकारीताको माध्यमबाट सदस्यहरुलाई अंँगाडी बढाउन नेपाल सरकारको सहकारी ऐन २०४८ बमोजीम गठित संस्थाको रुपमा रहेको छ ।
Latest update
2025-11-20 07:42:45
बागमती प्रदेश कृषि तथा पशुपन्छि बिकास मन्त्रालयका नवनियुक्त माननीय मन्त्री मधुसुधन पौडेल ज्यूलाई सहकारीकै कार्यालयमा स्वागत तथा भेटघाट गरियो । उक्त अवसरमा फ्लोरीकल्चर सहकारी संस्था लिमिटेडले हाल संञ्चालन गर्दै आईरहेका कृयाकलापहरुका साथै आगामी दिनमा प्रदेश मन्त्रालयसंग आबश्यक सहकार्य गरि नेपालमा पुष्पको उत्पादन तथा रोजगारी बृद्धि र आयात न्यूनिकरण गर्न सकिने संम्भावनाका बिषयमा सहकारीको तर्फबाट धारणा माननीय मन्त्री ज्यू समक्ष राखियो ।
2025-11-20 07:36:47
फ्लोरीकल्चर सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारणसभा मिति २०८२ भाद्र १९ गतेका दिन सम्पन्न गरियो । उक्त साधारणसभा काठमाडौंको नयाँबानेश्वर थापागाँउ स्थित थापागाँउ बैङक्वेटमा संस्थाका अध्यक्ष श्री शिब बहादुर खड्का ज्यूद्धारा पानसमा दीप प्रज्वलन गरि समुद्घाटन गरि सौहार्द बातावरणमा १६ औं बार्षिक साधारणसभा सम्पन्न गरियो ।
2025-11-19 10:43:57
फ्लोरीकल्चर सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई गुणस्तरिय पुष्प उत्पादन गर्न बिभिन्न समयमा आवश्यकताका आधारमा तालिमहरुको आयोजना गर्ने गर्दछ यसै अनरुप नयाँ आर्थिक बर्ष २०२÷०३ को शरुवात मै नर्सरी ब्यवसायी तथा ताजा फल (कट फलावर) उत्पादकहरुलाई उत्पादनको आधार बिन्दु माटो र पानीको पि.एच. र ई.सी.को परिचय र यसले बोट विरुवाहरुको बृद्धि बिकासमा पार्ने प्रभाव र खाधतत्व र बालिसंरक्षण सम्वन्धि ३ दिने तालिम मिति २०८३ भाद्र ५ देखि ७ गतेसम्म आरम्भ रेष्टुरेन्ट तथा उत्पादक किसानको फर्म समेत गै आयोजना गरि सम्पन्न गरियो । सो तालिममा प्रशिक्षकको रुपमा राईज एन साईन बायोफर्म, पुणे, भारतका २ जना प्रशिक्षकको प्रशिक्षणमा तालिम सौहार्द रुपमा सम्पन्न गरिएको थियो ।